April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

सिरहामा मिटरब्याज कारोबारी सुजाता साह पक्राउ

1K

सिरहा । मिर्चैया नगरपालिका ६ की ३५ बर्सिया मिटरब्याजी सुजाता साहलाई प्रहरीले पक्राउ गरेको छ । सिरहामा मिटरब्याज कारोबारी रहेकीले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनका अनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी उपरीक्षक लिम्बुले जनाएको छ ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

Advertisement