September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ

570

मोरङ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले मोरङको बिभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित चार जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो १० बजे भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उप–महानगरपालिका–८ का २९ बर्षीय रामदेब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेशिक, एभिल, फेनारागन, डाइजोपाम गरी जम्मा १६ एम्पुल र नाईट्राभेट ८ ट्याप्लेट सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका– ७ स्थितमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को.३९ प ११०३ नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा केराबारी– ६ का २४ बर्षीय प्रेम परियार, केराबारी– १० का २४ बर्षीय बिजय मगर र केराबारी–७ का २२ बर्षीय बिजय सुन्दासको साथबाट स्पास्पेन ६२ पिस र ५७ पिस ट्रमाडोल फेला पारेसगै नियन्त्रणमालिई सोधपुछ गर्ने क्रममा प्रेम परियारको घरमा लागुऔषधी लुकाई राखेको छ भन्ने खुल्न आएसै खटिएको प्रहरी टोलीले परियारको घरबाट ३ सय २० पिस स्पासपेन र ट्रमाडोल ३ सय ३० पिस फेला पारी नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।