September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

बरामद भएको सुनसहितको ‘ब्रेक शु’को तौल १५५ केजी

945

काठमाडौं । मंगलबार बरामद भएको सुनसहितको ‘ब्रेक शु’को तौल १५५ केजी रहेको पाइएको छ। टक्सार महाशाखा पुर्‍याइएको उक्त सुनको परीक्षण गर्न भने बाँकी नै रहेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बा २ च २३२४ नम्बरको ट्याक्सीबाट लगिएको सुन विभागले ट्याक्सीसहित बरामद गरेको छ । क्याथे प्यासिफिक एयरको जहाजमा मोटरसाइकल/ स्कुटरको ‘ब्रेक शु’ भित्र सुन राखेर भित्र्याएको पाइएको थियो।

उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको थियो। आठ वटा पोकामा उक्त सुन राखिएको छ।

Advertisement

यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्। यस्तै, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका छन् ।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ।