September 26, 2023, Tuesday
२०८० आश्विन ९
1:37:26 pm

लागुऔषध गाँजा लिनलाई नाबालिकाको प्रयोग गरेको आरोपमा एक युवक पक्राउ

710

काठमाडौं । लागुऔषध गाँजा लिनलाई नाबालिकाको प्रयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा धोबीनी गाउँपालिका-५ का २७ वर्षीय फैज उल्लास साह रहेका छन् ।

उनलाई आइतबार काठमाडौं महानगरपालिका-२६ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले अमेरिकाबाट आएको गाँजा लिनका लागि १६ वर्षीया नाबालिकालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा पठाएका थिए। अमेरिकाबाट आएको सामान लिएपछि प्रहरीले नाबालिगलाई नियन्त्रणमा लिएको थियो।

सामान चेकजाँच गर्दा २ केजी गाँजा भेटिएपछि नाबालिकालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । नाबालिकालाई सोधपुछ गर्दा साहले परिचालन गरेको भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement