September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

छोरी बलात्कार गर्ने बाबुलाई ३३ बर्षको कैद सजाय

890

काठमाडौं। दैलेखमा छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई ३३ बर्षको कैद सजाय भएको छ । जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५० वर्षीय उनका बाबुलाई ३३ वर्ष कैद सुनाएको हो ।

गत चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो । उजुरीका आधारमा ती व्यक्तिलाई गिरफ्तार गरिएको थियो ।

बलात्कार गरेको पुष्टि भएपछि हाडनातामा २५ वर्ष र पीडितको उमेरअनुसार हुने बलात्कार सजाय ८ वर्षसमेत थपेर कसुरदारलाई ३३ वर्ष कैद गरिएको अदालतको फैसलामा उल्लेख छ ।

Advertisement

फैसलमा रु तीन लाख जरिवाना, रु ५० हजार पीडित बालिकालाई क्षतिपूर्ति र रु दुई हजार आठ सय पीडित राहत कोषमा पीडकबाट भराउने समेत उल्लेख भएको छ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको हो ।