July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

नवलपरासीमा २५ वर्षीया चौधरीको हत्या

1.1K

नवलपरासी(पश्चिम) । रामग्राम नगरपालिका–१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या भएको छ ।

हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको बिषयलाई लिएर वादविवाद एवम् झैं–झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी मिरा चौधरीको हत्या भएको हो ।

Advertisement

गम्भिर घाइते भएकी चौधरीलाई जिल्ला अस्पताल परासी हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्युको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको प्रहरीले चन्दनलाई पक्राउ गरेको हो ।