February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

महोत्तरी गोलीकाण्डः मोटरसाइलले कुकुरलाई ठक्कर दिएपछिको विवाद

1.2K

महोत्तरी । महोत्तरीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विषयमा विवाद बढेपछि मंगलबार साँझ गोली प्रहार भएको खुलेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसविट्टी बस्ने ४४ वर्षीय श्रवण यादवमाथि सोही वडाको लक्ष्मीपुर टोलका बासुदेव मण्डलले गोली प्रहार गरेका थिए । यादवको चिउँडो र दाहिने कुममा गोली लागेको थियो ।

गम्भीर घाइते यादवको उपचार जनकपुर स्थित जानकी हेल्थकेयरमा भइरहेको छ । मण्डललाई तत्कालै प्रहरीले तीनवटा गोलीको खोका र पेस्तोलसहित पक्राउ गरेको थियो ।

Advertisement

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीप गिरीका अनुसार मंगलबार साँझ अन्दाजी ५ बजेर ४५ मिनेटमा मण्डल चलाइरहेको बा.२८ प ९८८ नम्बरको मोटरसाइकलको अगाडिको चक्काले यादवको कुकुरलाई ठक्कर दिएको थियो । सो विषयमा दुबैबीच विवाद हुँदा यादवले मण्डलमाथि हातपात गरेका थिए ।

आवेशमा आएका मण्डल पुनः घर पुगेर पेस्तोल ल्याई गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए । मण्डललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीले प्रहरीलाई अनुमति दिएको छ ।

सम्बन्धित समाचार

महोत्तरीमा गोली चल्दा श्रवण यादव गम्भीर घाइते