September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

आमा र दुई वर्षीय छोरीको हत्या, छोरीको शव फेनमा झुन्डिएको अवस्थामा फेला

1.1K

रौतहट । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौराका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको हो ।

प्रहरीका अनुसार कविताको शव घरभित्रै फेला परेको थियो भने छोरीको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

मृतकका जेठानी र सासूलाई सोधपुछका लागि ल्याइएको र मृतकका श्रीमान् अहिलेसम्म फेला नपरेका कारण उनको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था नरहेको र अनुसन्धान पछि मात्रै विस्तृत कुराहरु खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कविताका बुबाले कविताका श्रीमानले दाइजोको नाममा पटकपटक यातना दिने गरेको बताएका छन् ।