September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

कारागारमा रहेका कैदीलाई ब्राउन सुगर दिन गएका युवा पक्राउ

1K

काठमाडौं । कैलालीमा कारागारमा रहेका कैदीलाई ब्राउन सुगर दिन गएका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बोगटान नगरपालिका-६ घर भई हाल धनगढी चटकपुरमा नास्ता पसल गरी बस्ने २५ वर्षीय भीम बोगटी रहेका छन् ।

बोगटी धनगढी उपमहानगरपालिका- १ स्थित रहेको जिल्ला कारागारमा जबरजस्ती करणी  मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षका करण बमलाई भेट्न पुगेका थिए । उनलाई चेकजाँच गर्ने क्रममा स्याम्पुको डिब्बाभित्र लुकाइ छिपाइ ल्याएको १३ ग्राम (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ। 

उक्त लागुऔषध बरामद गरी मानिससहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको छ।

Advertisement

त्यहाँबाट लागुऔषधसम्बन्धी मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।