September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

750

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको थियो । रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो ।

पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत रहेका रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Advertisement