September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

ललिता निवास प्रकरण: सर्वोच्चद्वारा कारण देखाउ आदेश

815

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा. कुमार चुडालको इजलासले यस्तो आदेश जारी गरेको हो ।

ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित मुद्दा दर्ता गरेका थिए ।

उक्त मुद्दामा सर्वोच्चले गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो।

Advertisement