September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

ललिता निवास प्रकरण: पक्राउ परेकाहरूलाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

575

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । मंगलबार पक्राउ परेका उनीहरूलाई बुधबार म्याद थपको लागि लगिएको हो ।

सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र गोपाल कार्की रहेक थिए। जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो ।

ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ ।

Advertisement

ब्युरोका अनुसार जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेका छन् । जग्गा फिर्ता गर्नेमा विष्णु पौडेलका छोरा नविन पौद्देल, न्यायाधिश कुमार रेग्मी लगायत छन् ।