कञ्चनपुर । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना मेडिकल सञ्चालक पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
नेपाली सेनाबाट रिटार्यड भएपछि महराले करिब २ वर्षअघि आफ्नै मेडिकल पसल सञ्चालन गरेका थिए।