काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा उजुरी दिने पीडित किशोरीलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले पीडित राहत कोषबाट किशोरीलाई राहत स्वरुप उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
पीडित किशोरीले शारीरिक र मानसिक स्वास्थ्य उपचारका लागि ७० हजार रुपैयाँलगायत अन्य खर्च गरी २ लाख रुपैयाँभन्दा बढीको खर्च दाबी गर्दा बील पेश गरेकी थिइन् । तर, न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले भने उपचार खर्च उपलब्ध गराउन आदेश दिएको हो ।
यसअघि भने पीडितलाई क्षतिपूर्ण दिन अदालतले अस्वीकार गर्दै आएको थियो ।