September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

वानएक्स बेटको प्रचार गरेको आरोपमा थप एक पक्राउ

460

काठमाडौँ । वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्।

काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो।

Advertisement

उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। थापामगर युट्युबमा मोटो–ब्लगिङ गर्थे।

यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको छ।