विराटनगर । चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको हो ।
मोरङ जिल्ला अदालतको २०७८/०८/२७ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना १० दिन कैद र ५ हजार जरिवाना फैसला भएता पनि हालसम्म फरार रहँदै आएका बिराटनगर–६ का अजय सहनीलाई खोजतलास गर्ने क्रममा शुक्रबार बिहान गाउँघरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहलाई जिल्ला अदालत मोरङमा बुझाईएकोमा तोकिएको सजाय भुक्तानको लागि जिल्ला कारागार मोरङमा पठाएको छ ।




