विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रा. डा. दाहाललाई सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए । उक्त घटनाको जिम्मा पोखरेलले लिएका थिए ।
विश्वविद्यालय सेवा आयोगको कार्यालयले कालोमोसो दलेको घटनामा पोखरेलसहित ३ जनाविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो । घटनामा संलग्न सबैको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।