April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दोलखाका सुरेश पाख्रिन पक्राउ

1.3K

काठमाडौं । वैदेशिक रोजगारीमा फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने ५० वर्षीय सुरेश पाख्रिन रहेका छन् ।

प्रहरीका अनुसार पाख्रिनले फूर्पा शेर्पासहित ४ जनालाई फ्रान्समा १ लाख रुपैयाँ तलब हुन्छ, जान १७ लाख रुपैयाँ लाग्छ भन्दै रकम लिएर सम्पर्कविहीन बनेका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जेठ १६ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको जनाएको छ ।

Advertisement

कार्यालयले थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग पठाएको छ ।