June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

नक्कली भुटानी शरणार्थी प्रकरण: प्रकरणमा पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान

285

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुँदैछ। पक्राउ परेका १६ प्रतिवादीहरूको आज न्यायाधीशसमक्ष बयान हुनेछ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको भन्दै ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। जसमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् ।

उनीहरूविरुद्ध सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, ठगी, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका सचिव टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।

Advertisement