June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

मोटरसाईकल चोरी गर्ने पक्राउ

205

विराटनगर । झापामा मोटरसाईकल चोरी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका १० का १८ बर्षिय हपन हेमरन रहेका छन् ।

प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका ५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो राती ९ बजे मे. ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरी गरेर डो¥याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका १० का १८ बर्षिय हपन हेमरनलाई मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

Advertisement

चोरीको मोटरसाईकलसहित पक्राउ परेका हेमरनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।