काठमाडौं । किशोरीलाई यौनधन्दामा लगाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बनेपा–८ स्थित लामा क्याफेका सञ्चालक २९ वर्षीय राधाकृष्ण मैनाली रहेका छन् ।
प्रहरीका अनुसार उक्त क्याफेमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जेष्ठ ५ गते साँझ उनलाई पक्राउ गरिएको हो । मैनालीले उक्त होटलमा ३ जना किशोरीहरूलाई यौनधन्दामा लगाइएको जानकारी प्राप्त भएपश्चात अनुगमनमा जाँदा अनैतिक क्रियाकलाप गर्दै गरेको भेटिएपछि त्यहाँका किशोरीहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
मैनालीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।