February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

कृषिविज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति

1.4K

काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषिविज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत शुक्रबार शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।

राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।