काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएपछि अडियोमाथि अनुसन्धान गरिरहेको प्रहरीले
नेपाली काँग्रेसका नेता खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको हो।
यसअघि यही प्रकरणमा पूर्वगृहसचिव रहेका तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।
हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्च पदस्थहरू तानिएका हुन्।
यस प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् भने उनका छोरा सन्दीप पक्राउ परेका छन् ।
प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ इन्द्रजित राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।