काठमाडौं । अमेरिका लगायतका देशहरूमा पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् ।
प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार वास्तोलासमेतले सुनिला गुरुङसमेत १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै ठगी गरेका थिए ।
उनीहरुले उक्त देशहरुमा जानको लागि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्छ, सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु मासिक ४ लाख भन्दा बढी तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा पारेर निज पीडितहरुबाट पटकपटक गरी जम्मा
तीन करोड ५६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
ठगी गरेको भनी वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन अनुरोध गर्दै पत्राचार भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।