June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

485

कञ्चनपुर । आफ्नै बुवाको हत्या गरेको अभियोगमा कन्चनपुरका एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै ७१ वर्षीय बुवा धन बहादुर खड्काको हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने ३० वर्षीय गणेश बहादुर खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार घरायसी झै–झगडा हुँदा गणेशले गएराति काठको लाठीसमेतले प्रहार गरी बुवाको हत्या गरेको बुझिएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement