February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

निरा पाण्डे आचार्य हत्या आरोपी झापाबाट पक्राउ, काठमाडौं ल्याइदै

1.5K

काठमाडौं । काठमाडौं कपनकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा धुलाबारीका विनोद विक रहेका छन् ।

काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका उनलाई प्रहरीले झापाको धुलाबारीबाट पक्राउ गरेको थियो । पक्राउ परेका विकलाई प्रहरीले आज काठमाडौं ल्याउँदै छ ।

कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको वैशाख ७ गते पसलमै हत्या भएको थियो । प्रहरीले निराको हत्यामा विनोद विक संलग्न भएको भने पनि उनको संलग्नता कस्तो खालको हो भनेर स्पष्ट पारेको छैन ।

Advertisement

काठमाडौं ल्याइसकेपछि घटनाबारे विस्तृतमा जानकारी दिने प्रहरी स्रोतले बताएको छ ।