February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ३० लाख ठगी, धरानकी एक महिला पक्राउ

1.1K

काठमाडौं । अष्ट्रेलिया पठाईदिन्छु भनेर रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १३ स्थाई घर भई हाल काठमाडौंको लाजिम्पाट बस्ने वर्ष २५ की सयना श्रेष्ठ रहकी छन् ।

प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिन्छु, अष्ट्रेलिया जानको लागि ३० लाख लाग्छ, अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु मासिक रु. ३ लाख बढी तलव हुन्छ भनेर ठगी गरेकी थिइन् ।

उनले पीडितबाट पटकपटक गरी तीस लाख लिएर सम्पर्कविहीन भएपछि उनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुर परेको थियो । उक्त उजुरीको आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

Advertisement

श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको प्रहरीले जनाएको छ ।