February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

खसी चोरेको आरोपमा एकजना पक्राउ

1.2K

काठमाडौं। रामेछापमा खसी चोरेको आरोपमा एकजना पक्राउ परेका छन् । खसी चोरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–२ स्थित सित्खा बजारबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ छन् ।

हिमालले चुल्ठेपानीस्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप छ । चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Advertisement