January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

भिजिट भिसामा युएई पुर्‍याएर बेचबिखन गर्ने पक्राउ

1.5K

काठमाडौं– युवाहरुलाई भिजिट भिसामा युएई पुर्‍याएर बेचबिखन गर्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरी खयरमारा गाविस वडा नम्बर ४ घर भई चाबहिल बस्ने वर्ष ३५ का मङ्गले तामाङ भन्ने जितबहादुर भुजेललाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । 

mostbet

उनले एक युवतीलाई घरेलु कामका लागि युएई पठाउने भन्दै ललाईफकाई विमानस्थल पुर्‍याएका थिए।

Advertisement

प्रहरीले आशंकामा सोधपुछ गर्दा उनलाई घरेलु काममा पठाउने भन्दै भिजिट भिसा बनाएर युएईमा बिक्रीका लागि पुर्‍याउन लागेको पाइएको थियो।