काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित पक्राउ परेका युवकले प्रहरीको ज्याकेट लगाएको पाइएको छ।
९ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले झापाका बद्रीहाङ राईलाई पक्राउ गरेको थियो । श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका राईले लगाएको प्रहरीको ज्याकेटको खल्तीबाट ती गोली बरामद भएको पाइएको हो।
ज्याकेटमा सईको दर्ज्यानी चिह्नसहित आरसी राई लेखिएको थियो। आरसी अर्थात् रामचन्द्र राई अवकाश प्राप्त सई हुन्। पक्राउ परेका बद्रीहाङले आफ्नो बाबुको ज्याकेट लगाएको बताएका छन् ।
बाबुले ज्याकेट ल्याइदिन भनेपछि बाबुको ज्याकेट लगिदिन लागेको बद्रीले बताएका छन्।