बिराटनगर । धरानबाट प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका–१६ नौलोबस्तीका कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाह रहेका छन् ।
उनीहरुलाई आइतबार राती ११ बजे शंकास्पद अवस्थामा भेटिएको र चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधीसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित औषधसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
