बाग्लुङ । बाग्लुङमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिन रहेका छन् ।
उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई आफ्नो तीन वर्षीया छोरी अरिसा दिनको हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।