April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

मोटरसाईकल चोरीमा संलग्न पक्राउ

२०७९ फाल्गुन १४

1.3K

झापा । झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट मोटरसाईकल चोरीमा समलग्न रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–५ मोरङका २४ बर्षीय प्रकाश थापा रहेका छन् ।

शनिबार साँझ पौने ६ बजे झापाको बिर्तामोड नगरपलिका–४ स्थितमा अर्जुनधारा–५ का एकराज बुढाथोकीले पार्किङ गरी राखेको लु.८२ प १३४६ नम्वरको पल्सर मोटरसाईकल चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यलय अनारमनीबाट खटिएको प्रहरी टोलीले थापालाई मोटरसाईकलसहित पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement