January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जना पक्राउ

450

काठमाडौं–नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जनाविरुद्ध प्रहरीले लिखतसम्बन्धी कसुरको मुद्दा चलाउने भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेका ७ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा म्याद थप गर्न लागेको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रहरीले शनिबार फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका ७ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह, तेजनारायण महतो, छेवी महतो, सोलेन्द्र महतो, रोशन आचार्य, प्रवीण भट्टराई र माइला तामाङ छन् ।

Advertisement

उनीहरुले नक्कली रिपोर्ट आफूहरुले नबनाएको प्रहरीको बयानमा बताएका छन्। पक्राउ परेकाहरुको भनाई उदृत गर्दै गौशालाका एक प्रहरीले भने, ‘पिसिआर रिपोर्ट अर्का व्यक्तिले म बनाइदिन्छु भनेर उनैले बनाइदिएका हुन्। कहाँ कसरी बनाइदिए थाहा भएन।’