June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

२०७९ फाल्गुन १०

1.5K

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१९ कि २८ बर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ बर्षीय उमेश सरदार, ६२ बर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका– ७ का ५३ बर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ बर्षीय रमेश साह रहेका छन् ।

प्रहरीका अुनुसार फाल्गुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement