June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

१५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ

895

धनगढी । कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ बस्ने २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खड्कसिंह भुल र डडेल्धुराको आलिताल गाउापालिका–४ बस्ने २४ वर्षीय वीरेन्द्र सार्की रहेका छन् ।

उनीहरुलाई शसस्त्र प्रहरी बल नेपाल फवार्ड बेस कार्गिल डाँडाको गस्ती टोलीले स्रोत नखुलेको भारतीय रुपैयाँ र गरगहनासहित नेपाल भारत सीमा क्षेत्रमा पर्ने पुनर्वास नगरपालिका–४ को आनन्द बजार नजिकैको कार्गिल डााडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट चार थान सिक्री, चार वटा औंठी, तीन वटा बाला, १० वटा टप, एउटा पाउजु, एउटा वटन, एउटा झुम्का, एउटा टाउकोमा लगाउने गहना, एउटा जन्तर र चार वटा मोबाइलसमेत बरामद भएको छ ।

Advertisement

बरामद गरिएका नगद र गरगहनासहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।