April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

आफ्नै श्रीमती र छोरा छोरीको हत्या गर्ने प्रयासको आरोपमा एक व्यक्ति पक्राउ

1K

काठमाडौं । आफ्नै श्रीमती र छोरा छोरीको हत्या गर्ने प्रयासको आरोपमा रुपन्देहीको देवदहका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवदह वडा नं. ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर विक रहेका छन् ।

प्रहरीका अनुसार विकले गत सोमबार साँझ आफ्नै घरभित्र बसेका श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कुल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरू जुटेर आगो निभाई उद्धार गरेको थियो ।

आरोपित विकलाई तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिलो पटक ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement