काठमाडौं । वीरगन्जमा नक्कली सुन देखाई ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका चारैजनाले वीरगन्ज महानगरपालिका–१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर १ पी ०६४९ नम्बरको स्कारपियो गाडीमा बसी सर्वसाधारणलाई एक किलोको नक्कली सुनको बिस्कुट देखाई ठगी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
नक्कली सुनलाई नियन्त्रणमा लिई वीरगन्ज सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा नक्कली भएको प्रमाणित भएको प्रहरीले जनाएको छ ।