June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

मोरङमा ब्राउन सुगरसहित एकजना पक्राउ

2.1K

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका– १० खोर्साने चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह साढे ४ बजे खोर्साने चोकस्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारी पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ

Advertisement