February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

प्रतिबन्धित लागु औषधसहित झापाबाट एकजना पक्राउ

1.1K

विराटनगर। प्रतिबन्धित लागु औषधसहित झापामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ घर भई कन्काई नगरपालिका-३ स्थितमा डेरा गरी बस्दै आएका सुमन चौधरीका श्रीमती मेनुका लकान्द्री रहेका छन् ।

चौधरीलाई झापाको कन्काई नगरपालिका-३ बाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो। चौधरीको कोठामा खानतलासी गर्दा २४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नगद नेपाली रुपैया २२ हजार ५०, भारतिय रुपैया ३ हजार २ सय र मे.१०प ५७१४ नम्वरको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त सामान बरामद भएसँगै घरमा रहेकी चौधरीको श्रीमती मेनुका लकान्द्रीलाई प्रहरीले पक्राउ गरेको हो भने चौधरीको खोज तलास भईरहेको तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Advertisement