दमक । झापामा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् ।
प्रहरीका अनुसार घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरेको हो ।
खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगरसहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ। खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायलसमेत बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।