November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रुपन्देही बसेर नेदरल्यान्डको परिचय

3.6K

काठमाडौं- सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाटस् एपका माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन्। 

उनीहरूले इन्स्टाग्राम र ह्वाटस एपमा फेक आइडीमार्फत् सम्पर्क गरी आफूलाई नेदरल्यान्डको नागरिक र केमिकल इन्जिनियर बताई ठगी गर्ने गरको थिए।

Advertisement

आइफोन ११ मोबाइल, ल्यापटप र सुनलगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाइदिएको र भन्सार तिर्नका लागि रकम पठाउनुपर्छ भनेर प्रलोभन देखाई पैसा पठाउन लगाएर उनीहरुले ठगी गरेका थिए।