July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

पल शाह विरुद्धको मुद्दामाथि आज फैसला हुने

1.7K

काठमाडौं । नाबालिक बलात्कार आरोपी नायक पल शाह विरुद्धको मुद्दामाथि आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको हो ।

शाह माथिको मुद्दाको नवलपुर अदालतको फैसला माग गरी हाल अनुसन्धान भइरहेकोमा आज माघ ३ गते सुनुवाइको मिति तोकिएको जनाइएको छ । शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय तोकेको छ । माघ ३ गते तनहुँ अदालतले पनि सफाइ दिने वा कैद सजाएँ तोक्ने फैसला हुने अनुमान गरिएको छ ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

Advertisement