July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

झापामा ब्राउनसुगर सहित २ जना पक्राउ

1.1K

दमक। झापामा ब्राउनसुगर सहित दुईजना पक्राउ परेका छन् । उनीहरूलाई झापाको अर्जुनधारा नगरपालिका वडा नं.६ महानन्द चौकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका वडा नं.७ का २६ बर्षीय विकाश राजवँशी र २४ बर्षीय निर्मल भुजेल रहेका छन् ।

हिजो बेलुका ७ बजे प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर ११ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ।

Advertisement