विराटनगर । मोरङमा मोटरसाईकल चोरीमा संग्लग्न एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का १९ बर्षीय राहुल महत्तो रहेका छन् ।
महत्तोलाई मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । मंसिर २१ गते बिराटनगर–९ बाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने सूचना पाएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकलसहित महत्तोलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महत्तोको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।