काठमाडाैं । मकेन्द्रीय कारागार कार्यालयले ‘सिरियल किलर’ चार्ल्स शोभराज कैदमुक्त भए पनि भोलिमात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।
केन्द्रीय कारागार जगन्नाथदेवलका सुरक्षा स्रोतका अनुसार उनलाई भोलिमात्रै अध्यागमन विभागमा बुझाउने भएको हो।
शोभराजका वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीले पनि भोलिमात्रै बुझाउने तयारी रहेको बताए। कागजातमा हस्ताक्षर गर्नुपर्ने लगायतको काम पनि सकिइसकेको उनले बताए।
‘अध्यागमन विभागमा राख्न व्यवस्थापन नभएकाले भोलिमात्रै उता पठाउने भएको हो। जेलबाट मुक्त भने भइसक्नुभयो। आज एकदिन उहाँ यहीँ बस्नुहुन्छ त भन्दा उहाँले पनि अँ म बस्छु भनेपछि यही राखियो,’ उनले भने, ‘अध्यागमनलाई पनि ढिलो गरी खबर भयो। बिरामी पनि हुनुभएको कारणले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको हो।’
शोभराजलाई भोलि १० बजेपछि मात्रै बुझाइने उनले बताए।