February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

झारफुकका क्रममा माताले तातो तेल खन्याउदै तातो खुकुरी र पन्युँले डाम्दा बिरामी मरणासन्न अवस्थामा

1.7K

काठमाडौं । आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खुकुरी, पन्युँ, तेल तथा पानीं)ले डामेर पोलेपछि गम्भीर घाइते भएकी छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीया सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ, तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राई घाइते भएकी हुन् ।

प्रहरीका अनुसार जीउभरि घाउ र फोकाका कारण उनी सिकिस्तै भएकी छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई पक्राउ गरी कुटपिट तथा अङ्गभङ्गसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङ पक्राउ परेका छन् ।

Advertisement