March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र देवर पक्राउ

1.4K

पर्सा । श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र देवरलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२७ जसौलीका ३४ वर्षीय कुसल दास र उनका भाई २८ वर्षीय भरत दास रहेका छन् ।

प्रहरीका अनुसार कुसलले मंगलबार मध्यराति श्रीमती ३० वर्षीया रिंकु कुमारीलाई करेन्ट लगाएर मारेको र पछि भाई भरतलाई बोलाएर कुखुराको चल्ला बोक्ने गाडीले कुल्चिएर शिवम ह्याचरीभित्र लुकाएको आरोप रहेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement