February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

१७ दिन कैद तोकिएका फरार प्रतिवादी ५ महिनापछि पक्राउ

995

बिराटनगर। चोरीका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-९ का २९ बर्षीय मोहम्मद आलम मियाँ रहेका छन् ।

चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट गत भदौ ५ गतेको सजाय निर्धारण फैसला आदेशले १७ दिन कैद र १० हजार रुपैया जरिवान बेरुजु रहि फरार रहेका मियाँलाई गाउँघरमा नै लुकिछीपि बसेको अबस्थामा प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

उनलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

Advertisement