February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेका माओवादी नेता बद्री बजगाईं निलम्बित

1.9K

काठमाडौं। एक किशोरीमाथि यौन दुव्र्यवहारको आरोप लागेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईं पार्टीबाट निलम्बित भएका छन् । पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको हो ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत बनेका बजगाईँले १९ बर्षीया किशोरीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लिल म्यासेज पठाएको खुलेको छ । उनले मध्यराति किशोरीलाई अश्लील म्यासेज पठाउने गरेको खुलेको छ । बजगाईँले आपत्तिजनक म्यासेजहरू पठाएको भन्दै यसअघि किशोरीले पार्टीको विभिन्न निकायमा उजुरी दिएकी थिइन् । तर पार्टीको कुनै पनि निकायले कारबाही अघि नबढाएको भन्दै किशोरी मिडियाको सम्पर्कमा आएकी थिइन् ।

Advertisement